विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको सदस्यमा इलाम जिल्लाबाट निर्विरोध सदस्य निर्वाचित भएका छन् ।
इलामबाट खुल्लातर्फ १० र ५ महिला गरी १५ जना सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।
खुल्लातर्फ जयप्रकाश राई, ध्रुव श्रेष्ठ, गणेशप्रसाद बराल, ओमनारायण रणपाल, काजीमान कागते, याम अधिकारी, केशवकुमार धौराली, कृष्ण शाह, देवेन्द्र विश्वकर्मा र युवातर्फ राजकुमार थापा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै महिलातर्फ टीका घिमिरे, विन्दु विश्वकर्मा, रिम्पल राई, शकुन्तला लेप्चा र शावित्रा सिवा निर्वाचित भए ।