Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी प्रदेशको अध्यक्षमा ढकाल र खतिवडाको उम्मेदवारी दर्ता



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्म मोरङका दुई जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाको उम्मेदवारी परेको छ ।

अन्य पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरिरहेका छन् ।

उम्मेदवारी दर्ता भइसकेपछि आजै उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने कार्यसूची छ ।

मतदान भने भोलि बिहान ११ बजेबाट हुने छ ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्धाटन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार