Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

द्वारिकलाल चौधरी भन्छन्, ‘मैले एमालेमा पार्टी सदस्यता नवीकरण गरइसकेँ’



विराटनगर : नेकपा माओवादीका नेता द्वारिकलाल चौधरी नेकपा एमालेमै फर्किएका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा प्रदेशसभाको टिकट नपाएपछि उनी एमाले छाडेर माओवादी प्रवेश गरेका थिए ।

कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनमा माओवादीबाट प्रदेशसभाको टिकट पाए पनि चौधरी एमालेका रेवतीरमण भण्डारीसँग पराजित भएका थिए । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका चौधरी इटहरी उपमहानगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

चौधरीले आफूले एमालेमा पार्टी सदस्यता नवीकरणसमेत गरिसकेको जानकारी दिनए । उनले सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर १७ बाट पार्टी सदस्यता नवीकरण गराएका हुन् ।

एमालेमा आफूले लामो समय संघर्ष गरेको बताउँदै चौधरीले एमाले आफ्नो घर भएको बताए ।

चौधरी पहिलो पटक एमालेको कार्यक्रममा सहभागी भएका छन् । शुक्रबारबाट विराटनगरमा सुरु भएको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनमा चौधरी सहभागी बनेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार