Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी प्रदेश अधिवेशनः रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको बन्द सत्र सुरु भएको छ । साँझ ६ बजेबाट सुरु गर्ने तयारी भएपनि केही समय ढिला गरी बन्द सत्र सुरु भएको हो ।

बन्द सत्र सञ्चालन गर्नका लागि एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज रघुवीर महासेठको नेतृत्वमा अध्यक्षमण्डल गठन भएको छ । महासेठको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल गठन भएको हो ।

सदस्यमा एमाले स्थायी कमिटी सदस्यहरु शेरधन राई, हिक्मतकुमार कार्की, अग्नी खरेल, डा. शिवमाया तुम्वाहाम्फे, राजेन्द्र गौतम रहेका छन् । त्यसैगरी भगवती चौधरी, जगदिस कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल अध्यक्षमण्डलको सदस्य छन् ।

एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्धाटन गरेका थिए ।

यो अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्ने छ । प्रदेश कमिटीको अध्यक्ष बन्नका लागि अहिलेसम्म दुई जना मुख्य दाबेदार मानिएका छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडाबीच अध्यक्षमा प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार