Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पहिचानका नाममा एमालेमाथि प्रहार भइरहेको छ : महासचिव पोखरेल



विराटनगर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा पहिचानका नाममा एमालेमाथि प्रहार भएको बताएका छन् ।

नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्धाटन समारोहमा बोल्दै नेता पोखरेलले एमाले सरकारमा हुँदा पहिचानको आन्दोलन हुने र नहँुदा नहुने कुरा एमालेमाथिको प्रहार भएको बताए ।

महासचिव पोखरेलले एमालेले पहिचानलाई अतिबादका रुपमा नभई एकताको रुप लिएर अघि बढ्न चाहेको बताए । उनले भने, जातीय र धार्मिकको नाममा अतिबाद लाने कुरा भइरहेको छ । यसको एमालेले विरोध गर्छ ।

यस्तै उनले सुखी नेपाली र समुद्ध नेपाल बनाउने अभियानमा कोशी प्रदेशबाट अग्रसरता लिनुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार