Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशीमा उपसचिवको लर्को



विराटनगर : नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अध्यक्षका उम्मेदवारहरुको चर्चा भएपनि अरु साना पदहरुको चर्चा भने कमै छ । खासगरेर उपसचिवको चर्चा कम छ । तर, त्यही पदमा आकांक्षा गर्नेहरुको लर्को भने धेरै देखिएको छ ।

प्रदेशमा दुईवटा उपसचिव पद छ । उपसचिवका लागि प्रदेशसभाका पूर्वसदस्य विमल कार्की, बेलका नगरपालिकाका पूर्वमेयर दुर्गा थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, राष्ट्रियसभाका पूर्वसदस्य मोरङका खेम नेपाली, सत्यनारायण चौधरी, नेतृ विमला घिमिरे र घना तामाङले समेत इच्छा जाहेर गरेको एमालेका नेताहरुले बताएका छन् । झापाबाट सुमित्रा भण्डारी र बसन्त बानिया लगायतले दाबी गरेका छन् ।

अहिलेका उपसचिव शैलेश लामा सचिवको दाबी गरिरहेका छन् ।

यद्यपी नेताहरुले तेह्रथुमका लक्ष्मण तिवारीलाई उपसचिव बनाएर सर्वसम्मतको प्रयास पनि गरेको स्रोतले बताएको छ । तिवारीले सचिवमा दाबी गरिरहेका छन् । साथै लामा पनि दोहोरिने सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार