विराटनगर : कोशी प्रदेश सरकारले उराव समुदायको करम धर्म पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले शुक्रबार उराव समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ गते करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झागड समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।
यस्तै बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सास बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको छ ।
यस्तै उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने, कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थमन्त्रालयलाई अनुरोध गर्ने, प्रदेश सामयिक कर असुल सम्बन्धी विधेयकको मस्यौदा गर्न सैद्धान्तिक स्वीकृति लिने बैठकले निर्णय गरेको छ ।