विराटनगर : प्रतिनिधि सभा सदस्य भएका कारण जिल्लामा पर्याप्त समय दिन नसकेको भन्दै नेपाली कांग्रेस संखुवासभाका जिल्ला सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन् ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी संखुवासभाबाट निर्वाचित भएका थिए । खड्काले नेकपा एमालेका उम्मेद्वार राजेन्द्र गौतमलाई पराजित गर्दै सांसद बनेका थिए ।
खड्का कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
उनले आफू धेरैजसो समय काठमाडौँमा बस्नुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई समय दिन नसकेको भन्दै राजीनामा दिएको बताएका छन् ,
नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।