विराटनगर । नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा पुराना नेता किशोरचन्द्र दुलालले उपाध्यक्षको दाबी गरेका छन् ।
कोशी प्रदेश सभाका सदस्य एवम् एमाले प्रदेश कमिटीका सचिवालय सदस्यसमेत रहेका तेह्रथुमका दुलालले उपाध्यक्षको आफ्नो दाबी रहेको बताए । आगामी असोन १२ र १३ गते विराटनगरमा हुने कोशी प्रदेशको प्रथम अधिवेशनको प्रतिनिधि चयन भइसकेपछि उनले उमेद्वारी दाबी गरेका हुन् । २०२८ सालको तत्कालिन कम्युनिष्ट आन्दोलनमा जोडिएका उनी झापा विद्रोह दमन भएपछि केही समय पार्टी सम्पर्कमा जान अन्योल भएपछि २०३६साल तिरबाट तत्कालिन माले हुँदै कम्युनिष्ट आन्दोलनमा निरन्तर छन् ।
२०४१ सालमा नेकपा नेता मदन भण्डारीले तेह्रथुममा तीन सदसीय जिल्ला कमिटि बनाउँदा उनी एकजना सदस्य थिए । पार्टीको जिल्ला प्रमुख भइसकेका दुलला २०५४ सालमा जिल्ला विकास समितिका सभापति समेत भएका थिए । दुलालले भने ‘मेरो दाबी उपाध्यक्षमा हो । तर सन्तुलन मिलाउनु पर्ने भएका तलमाथी भएर पनि बस्न तयार छु । पार्टीको मुल लाइन मेरो लाइन हो । मेरो कुनै गुट छैन् ।’