Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

युवा संघ ओखलढुंगाको अध्यक्षमा विनोद खत्री



विराटनगर : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगा जिल्ला कमिटीको अध्यक्षमा विनोद खत्री सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार सम्पन्न ७ औं ओखलढुंगा जिल्ला अधिवेशनबाट खत्रीको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्षमा विवेक तामाङ र सुमन घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले जिल्ला कमिटीको सहसचिवमा सुवास घिमिरे, देवन राई र किरण श्रेष्ठलाई चयन गरेको छ । यस्तै युथफोर्स प्रमुखमा किरण जोशी श्रेष्ठ, साइबर सरकल प्रमुखमा रविन थापा र युवा विज्ञ परिषद् प्रमुखमा सुमन कटुवल चयन भएका छन् ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा युवा इन्चार्ज महेश बस्नेत प्रमुख अतिथि रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार