Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

युवा संघ उदयपुरको अध्यक्षमा विमल भण्डारी निर्वाचित



विराटनगर : नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल उदयपुरको अध्यक्षमा विमल भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न जिल्ला कमिटीको १० औँ अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत ७१ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो ।

अधिवेशनबाट उपाध्यक्षमा विक्रम राई र सचिवमा अनुपराज खत्री चयन भएका छन् ।

यस्तै कैलाश सापकोटा र समीप राई सहसचिव बनेका छन् भने प्रकाश कार्की कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनमा नेकपा एमाले पोलिटब्युरो सदस्य युवा इन्चार्ज महेश बस्नेत प्रमुख अतिथि थिए । कार्यक्रममा एमाले केन्द्रीय सदस्य मञ्जु चौधरी, अम्बिका थापा, उदयपुर अध्यक्ष परमेश्वर घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार