विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीको कोशी प्रदेश कमिटीको इन्चार्जमा घनेन्द्र बस्नेत चयन भएका छन् । पार्टीले केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर गर्दै नेताहरुको जिम्मेवारीमा पनि हेरफेर गरेको हो ।
केन्द्रीय कमिटीको उपाध्यक्षसमेत रहेका बस्नेतलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।
यस्तै प्रदेश कमिटीको सहइन्चार्जमा राजेन्द्र राई र डा. देउमान सम्बाहाम्फे चयन भएका छन् । राई कोशी प्रदेशको पूर्वमुख्यमन्त्री तथा पार्टीका केन्द्रीय सचिव र सम्बाहाम्फे पोलिटब्युरो सदस्य हुन् ।
बलदेव चौधरी नेकपा एसको कोशी प्रदेश अध्यक्ष छन् । राजन राई र धर्मराज निरौला उपाध्यक्ष, महेश रेग्मी सचिव र सरिता थापा खड्का प्रदेश कमिटीकी उपसचिव छिन् ।