विराटनगर । कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी दुईओटा अध्यादेश ल्याएको छ ।
मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की पुनः नियुक्त भएपछि पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
सरकारले सिफारिस गरेका कोशी प्रदेश आर्थिक अध्यायदेश र कोशी प्रदेश विनियोजन अध्यादेश प्रदेश प्रमुख परशुराम खापुङ्गले जारी गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।
यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो । उद्धब थापा नेतृत्वको सरकारलाई सर्बोच्च अदालतले कामचलाउमा परिणत गर्दै दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएपछी भदौ १० बाट प्रदेश बजेट शुन्यतामा थियो । पुनः अध्यादेश जारीएसँगै बजेट शून्यको अवस्था सकिएको छ ।
