Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्धको रिटमा जवाफी बहस सकियो, फैसला आजै आउने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा लिएको विश्वासको मतविरुद्धको रिटउपर जवाफी बहस सकिएको छ ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा निवेदकका तर्फबाट सोमबार बहस भएको थियो ।
मंगलबार विपक्षीका तर्फबाट बहस सकिएकाले आज रिट निवेदकको तर्फबाट जवाफी बहस भएको हो । मुद्दाको फैसला आजै गर्ने गरी इजलासले तयारी गरिरहेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा सोमबारबाट उक्त मुद्दाको सुनुवाइ भएको थियो ।
भदौ ६ गते कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख परशुराम खापुङ्ग, सभाको अध्यक्षता गर्ने इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई विपक्षी बनाएर रिट निवेदन दिएका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सभाध्यक्षको मतलाई संविधानसम्मत् मान्न नसकिने ठहरसहित दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार