विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाइ हुदैछ ।
निवेदकको तर्फबाट बाँकी रहेको जवाफी बहस हुनेछ । जवाफी बहस सकिए आजै फैसला आउन सक्ने अनुमान गरिएको छ ।
नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हालेको रिट निवेदनउपर सोमबार निवेदकका तर्फबाट र मंगलबार विपक्षीका तर्फबाट कानून व्यवसायीहरूले बहस गरेका थिए । विपक्षीका तर्फबाट बहस बाँकी थियो ।
सर्वोच्चका न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. कुमार चुँडाल र नहकुल सुवेदीको पूर्णइजलासमा सोमबारदेखि रिटउपर सुनुवाइ चलिरहेको छ ।
विपक्षीका तर्फबाट बहस गर्ने कानून व्यवसायीहरूले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन् ।