विराटनगर : नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन सुरु भएको छ ।
शुक्रबार दिउँसो विराटनगरमा अधिवेशन सुरु भएको हो ।
अधिवेशनको लागि प्रदेशका १४ वटै जिल्लाबाट बाट प्रतिनिधिहरु आएका छन् । उद्घाटनमा एमालेका शीर्ष नेताहरु सहभागी भएका छन् ।
कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्य विनोद ढकाल, किशोर मल्ल, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, निवर्तमान अध्यक्ष तथा सांसद सुनिता बराल लगायतका नेताहरु सहभागी भएका छन् ।
भोलिसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अनेरास्ववियुका नेताहरूका अनुसार अध्यक्षका लागि दुई जनाले दाबी गरेका छन् । अध्यक्षका लागि जिबी गजल खड्का र सन्तोष घिमिरेको दाबी रहेको छ ।
यस्तै अधिवेशनले ५१ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।