ताप्ली गाउँपालिकाले सञ्चालनमा ल्याएको एम्बुलेन्स र सार्वजानिक गाडी
कटारी : उदयपुरको ताप्ली गाउँपालिकाले नागरिकहरुको सहजताका लागि सार्वजनिक यातायात सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले नागरिहकहरुको स्वास्थ्य सेवा सहजताका लागि एम्बुलेन्स र सार्वजनिक गाडी गरिद गरेको हो ।
गाउँपालिकाले खरिद गरेको एम्बुलेन्सले बिरामीहरुलाई अस्पताल लैजान सेवा दिने छ । योसँगै अब एम्बुलेन्सको अभावमा उपचारबाट बन्चित हुनुपर्ने र अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने गाउँपालिकाले जनाएको छ ।
यस्तै सार्वजनिक यातायातले पालिकाको सवै वडाका अशक्त, फरक क्षमता भएका व्यक्ति, महिला तथा जेष्ठ नागरिकहरुलाई पालिकाको केन्द्र रुपाटारसम्म आवतजावत गर्न सेवा दिने छ । गाउँपालिकाका अध्यक्ष ढुङ्गाराज विश्वकर्माले सार्वजनिक यातायातलाई कार्यविधि निर्माण गरी सञ्चालनमा ल्याइएको जानकारी दिए ।
गाउँपालिकाले केही समयअघि कृषि एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले कृषकहरुद्वारा उत्पादित वस्तु सस्तो मूल्यमा कटारी बजार पुर्याइदिने गरेकोे छ ।