विराटनगर : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा एमाले सांसद ऋषिकेश पोखरेलले उम्मेदवारी दिएका छन् ।
एमालेको भागमा परेको तीन समिति सभापतिमध्ये एमालेले दुई सार्वजनिक लेखा समिति र महिला तथा सामाजिक मामिला समितिको सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता गराएको हो ।
लेखा समितिको सभापतिमा पोखरेल र महिला समितिमा किरणकुमार साहले उम्मेदवारी दिएका छन् । पोखरेल मोरङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद हुन् । साह रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
एमालेको भागमा परेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको भने केही दिनमा मात्रै उम्मेदवारी टुंग्याइने बताइएको छ ।