विराटनगर : नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपाल मोरङ जिल्ला कमिटीकोको अध्यक्षमा प्रविन घिमिरे सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न नवौं जिल्ला अधिवेशनले घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा मजर आलम चयन भएका छन् । त्यस्तै, सचिवमा विवेक भुजेल निर्वाचित भएका छन् ।
सहसचिवमा इन्द्र श्रेष्ठ र रेशम मगर चयन हुँदा कोषाध्यक्षमा विपना बुढाथोकी चयन भएका छन् । उनीहरुलाई राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेवेले पद तथा गोपनियताको सपथग्रहण गराएका थिए ।