विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा आक्रमणको प्रयास भएको छ । शुक्रबार युवा संघ धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबीसे गाउँपालिका जाने क्रममा राजारानी क्षेत्रमा थेबेमाथि आक्रमणको प्रयास भएको हो ।
अध्यक्ष थेबेलाई सत्तापक्षका दलमा आबद्ध पहिचानवादी आन्दोलनकारीले आक्रमण प्रयास गरेको युवा संघका इन्चार्ज महेश बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतले दिएको जानकारी अनुसार जनता समाजवादी पार्टी (जसपा) का नेता आङकाजी शेर्पाको प्रत्यक्ष संलग्नतामा घटना भएको हो । शेर्पाको उक्साहटमा नियोजित रुपमा आक्रमण प्रयास भएको भन्दै बस्नेतले सरकारले अराजकहरुलाई नियन्त्रण गर्नुपर्ने बताए ।
यस विषयमा सरकारले कुनै चासो नदेखाए युवा संघ प्रतिरोधमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।