Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारले लिएको विश्वासको मतविरुद्ध एमालेले दायर गरेको रिट खतिवडाको इजलासमा



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको मुल्य मान्यताविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिटमा निवेदन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीसमेतको मत प्रयोग गरेर थापाले विश्वासको मत लिएपछि बुधबार एमालेले थापा नेतृत्वको सरकार बर्खास्त गर्न अन्तरिम आदेशको माग गर्दै दायर गरिएको गरेको थियो । उक्त रिटमाथि आजबाट सुनुवाइ हुँदै छ ।

एमालेले दायर गरेको उक्त रिट खतिवडाको इजलासको १५ औं नम्बरमा रहेको छ । खतिवडाको इजलासको अन्तिमा नम्बरमा रहेकाले आज हेर्न नभ्याइने सूचिमा पर्नसक्ने सम्भावना छ ।

एमाले संसदीय दलदका नेता हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार