Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी सरकारविरुद्ध एमाले अदालत जाने



विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीको मत प्रयोग गरेर विश्वासको मत लिएपछि त्यसका विरुद्ध नेकपा एमाले सर्वोच्च अदालत जाने भएको छ ।

गठबन्धनले सरकार टिकाउन संविधानको हुर्मत लिएको भन्दै बदरको मागसहित सर्वोच्च अदालत जाने एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बताए ।

प्रदेश नियमावली र संविधानका धारालाई छलेर थापाले जबर्जस्ती विश्वासको मत पाएको घोषणा गरिएको भन्दै बुधबार आफूहरु सर्वोच्च जाने उनले बताए । त्यसका लागि आफूहरु कानुनी परामर्शमा रहेको उनले बताए ।

संसदीय दलको बैठक बसेर रिट दायर गर्ने निर्णय गरेको बताउँदै कार्कीले भने, ‘प्रदेश नियमावली र संविधानका धारा छलेर जाने ठाउँ छैन, त्यसविरुद्ध हामी कोर्ट जान्छौं, हामीसँग अर्को विकल्प छैन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार