विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएका छन् ।
मुख्यमन्त्री थापाले नेपालको संविधान धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वासको मत पाऊँ भन्ने प्रस्ताव राखेका थिए।
थापाले राखेको विश्वासको मतको प्रस्ताव पक्षमा सभाअध्यक्ष इस्राइल मन्सुरीले पनि मत दिएपछि उनले मत पाएका हुन् ।
प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।
अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाको पक्षमा ४७ मत पुगेको छ । कोशीमा यो बहुमत संख्या हो । बिपक्षमा ३० मत परेको छ ।