Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकार पक्षले उपसभामुखको स्वास्थ्यमा अनुचित लान्छना लगायो : भण्डारी



विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुखको स्वास्थ्य अवस्थामावि अनुचित लान्छना लगाइएको भन्दै आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतको प्रस्ताव राखिसकेपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले उपसभामुख सिर्जना दनुवार स्वास्थ्यमा समस्या आएपछि काठमाडौं गएको बताउँदै सरकार पक्षले उपसभामुखको स्वास्थ्यमा अनुचित लान्छना लगाएको आरोप लगाए ।

‘उपसभामुखको स्वास्थ्य अवस्थामाथि अनुचित लान्छना लगाइयो, उहाँ गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहेको कुरा हामीले फेसबुकमा देखेका छौं । तपाईहरुसँग बसेर सारा प्रमाण पेश गरेमा माफी माग्नुहुुन्छ’ भण्डारीले प्रश्न गरे, ‘कसैको स्वास्थ्य संवेदनशीलतामा हल्का टिप्पणी गर्नु उचित हुँदैन ।’

यस्तै उनले उपसभामुखले नाटक मञ्चन नगरेको बताएका छन् । भण्डारीले उपसभामुखले संविधान र कानून अनुसार अध्यक्ष मण्डलका सदस्यलाई जिम्मेवारी दिएर उपचारका लागि अस्पताल गएको बताए ।

उनले कसैको स्वास्थ्य संवेदनशीलतामाथि हल्का टिप्पणी गर्न नहुने पनि उनले बताए।

‘स्मरण गरौं, सभामुखको पद छँदाछँदै हैन तपाईं त प्रदेशसभा सदस्य हो भनेर नेपालको संविधानको खिल्ली उडाएको कुरा इतिहासले बिर्संदैन। मैले होइन सर्वोच्च अदालतले भनेको हो,’ भण्डारीले बैठकमा भने।

साथै उनले आजको दिन कसरी ऐतिहासिक बनेको भन्दै प्रश्न समेत गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार