विराटनगर : कोशीका मुख्यमन्त्री उद्धव थापाले आफूलाई विश्वासको मत दिन एमाले र राप्रपालाई आह्वान गरेका छन् ।
सोमबार विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै थापाले आफूलाई मत दिन प्रदेश सभाका सबै सदस्यलाई आग्रह गरेका हुन् ।
आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र राप्रपालाई पनि आह्वान गरेका छन् ।
‘प्रदेशमा स्थिरता र विकासका लागि मेरो नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सहमतीय राजनीतिको अभ्यासलाई अघि बढाउन गठबन्धन दलका सबै सत्ता गठबन्धनका दलका साथै नेकपा एमाले र राप्रपासँग आवद्ध दलका माननीयहरुलाई आग्रह गर्न चाहन्छु ।’