विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले उपसभामुखको भूमिका शंकास्पद र विवादास्पद रहेको बताएका छन् ।
मुख्यमन्त्री उद्धब थापाले विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव माथिको छलफलमा बोल्दै राईले यस्तो बताएका हुन्।
सोमबार उपसभामुख दनुवार बिदामा बसेपछि अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सरीले बैठक सञ्चालन गरेका छन् । सरकारले विश्वासको मत लिने दिन उपसभामुख विदामा बसेपछि उनको भुमिकामाथि राईले प्रश्न उठाएका हुन् ।
‘निर्वाचित उपसभामुखको दुख विमारका बारेमा भोलि मेडिकल रिपोर्ट, अस्पतालले स्पष्ट पार्ला । तर कतै यो बिमारी नाटक र बहानाबाजी त होइन भन्ने आशंका गर्न सकिन्छ’, उनले भने ।
सरकार बनाउने कुरा बलजफ्ती र जालसाजी नभएको बताउँदै उनले यो सांसदको संख्याले निर्धारण गर्ने कुरा भएको उनले बताए । आज पनि उद्धब थापाको पक्षमा ४७ सांसद रहेको दाबी गर्दै उनले यो प्रदेशको सरकार बन्ने बताए । यसलाई जालसाजी गरेर वा मुद्दा मामिला गरेर हुने कुरै नभएको पनि उनले बताए ।