विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् ।
त्यसका लागि अहिले कार्य व्यवस्था परामर्श समितिको बैठक चलिरहेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।
उनका अनुसार आजको प्रदेशसभा बैठक सञ्चालन हुने सम्भावना छ । ‘अहिले हामी परामर्श समितिको बैठक बसिरहेका छौ, लगभग सभा सञ्चालन हुन्छ, कार्यसूचि नै विश्वासको मत लिने भएकाले त्यहि हुन्छ ।’
तर, यसअघि मुख्यमन्त्री उद्धव थापाले सत्ता गठबन्धनका दलहरुसँगको छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै उनले आज विश्वासको मत लिने सम्भावना नदेखिएको बताएका थिए ।
उपसभामुख आफैँले बोलाएको प्रदेशसभा बैठक छाडेर काठमाडौँ गएपछि विश्वासको मत लिने सम्भावना नभएको उनको भनाइ थियो ।
आजको प्रदेशसभा बैठक कांग्रेस सांसद ईस्राईल मन्सुरीले सञ्चालन गर्ने भएका छन् ।