Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

बिरामी परेपछि उपचार गर्न काठमाडौं लागिन् कोशीकी उपसभामुख



उपसभामुख सिर्जना दनुवार

विराटनगर : स्वास्थ्यमा समस्या आएपछि उपचारका गर्नका लागि कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं गएकी छिन् ।

सोमबार बिहान प्रदेशसभा सचिवालमा स्वास्थ्यमा समस्या आएकाले आफू उपचार गराउन केही समय काठमाडौँ जाने भएकाले प्रदेशसभा बैठक चलाउन नसक्ने दनुवारले जानकारी गराएकी थिइन् ।

उनी यति एयरलाइन्सको बिमानबाट बिहान ८ बजेको फ्लाइटमा काठमाडौं प्रस्थान गरेकी हुन् ।

सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ । सोही नियम अनुसार उपसभामुखले कांग्रेसका सांसद इस्राइल मन्सुरलाई सभा सञ्चालनको जिम्मा दिएर उपचार गर्न काठमाडौं गएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

स्रोतका अनुसार कम्तिमा एक साता उपसभामुख दनुवार काठमाडौंमा रहनेछिन् ।

अध्यक्ष मण्डलमा मन्सुरीसहित राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती लिम्बू र माओवादी केन्द्रका गीता तिम्सिना सदस्य छन् । यीमध्ये बिष्ट र लिम्बूले हिजै घरायसी काम परेको भन्दै बिदामा बस्ने जानकारी गराइसकेका छन् ।

उपसभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्किन्जेल सम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन् ।

आज मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदै छन् । तर, आजको बैठक बस्छ कि बस्दैन भन्ने विषय अन्योलमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार