विराटनगर : नेपाली का्रंग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेश सरकार सर्वोच्च अदालत र ठूला नेताको घरमा मात्र भेटिने गरेको आरोप लगाएका छन् ।
शुक्रबार प्रदेशसभाको विशेष समयमा बोल्दै कार्कीले प्रदेश सरकार जनताप्रति उत्तरदायी नबनेको आरोप लगाए । उनले डेंगी, लम्पीस्किन तथा राजनीतिक परिस्थिति जटिल बनेको अवस्थामा प्रदेश सरकारको उपस्थिति जनताले देख्न नपाएको बताए ।
उनले भने, “सरकारको उपस्थिति सर्वोच्च अदालतमा छ । केन्द्रीय नेताकोमा छ । संसदहरूलाई बदनाम गराउन चुल्हो वितरणको काम हुन्छ । सभालाई समेत नियमित चलाउन सकिएको छैन । संसद् नै नबसेपछि सरकार छाडा भइहाल्छ नी । प्रदेश बजेट होलिडेको अवस्थामा जाने अवस्थामा पुगिसकेको छ ।”
कार्कीले प्रदेश र जनताप्रति उत्तरदायी नभए थप निरासा बढ्छ भन्दै प्रदेशको सार्वभौम अधिकार प्राप्त भएकोले माथिमात्र हेर्न नहुने सुझाव दिए ।