विराटनगर : नेकपा एमाले कोशी प्रदेशम डेङ्गु र लम्पीस्कीनको प्रकोप बढ्दै गएको बेला यसको नियन्त्रणमा सरकार जिम्मेवार नबनेको आरोप लगाएको छ ।
शुब्रकार प्रदेशसभाको विषेश समयमा दलको तर्फबाट बोल्दै संसदीय दलका उपनेता रामबहादुर रानाले धरान डेङ्गुको हव बन्दै गएको र संक्रमण नियन्त्रण बाहिर रहेको बताए । उनले तत्काल त्यहाँ जोखिम कम गर्न सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
यस्तै उनले प्रदेशमा लम्पीस्कीन रोगबाट किसानहरु प्रभावित बनेको बताउँदै लम्पीस्कीनको नियन्त्रणमा सरकार जिम्मेवार बन्नुपर्ने बताए ।
रानाले प्रदेशमा केन्द्रको हस्तक्षेप हुँदा अस्थिरताको विजारोपण भएको बताए । संघीयता आएपनि प्रदेशमा केन्द्रले नै हस्तक्षेप गर्ने गरेको बताएँदै उनले भने, ‘केन्द्रले नै प्रदेश चलाउने र हामी प्रदेशका दल, सांसद जिम्मेवार नबन्ने हो भने हाम्रो आयु ५–७ महिनाको मात्रै हुन्छ ।’
रानाले सरकार हरेक कुराको निर्णय माथिकै आदेशमा लिनुपर्ने भएकाले प्रदेशमा संघीयता नआएको बताए । उनले प्रदेश भनेको माथि टाउको चिलाउँदा जिउ त्यसै हल्लिन्छ जस्तो भएको बताए ।
उनले भने, ‘टाउको ठीकै छ तल स्थानीय तह पनि ठीकै छ । प्रदेश भन्ने जिउ चाहिँ टाउको हल्लाउँदा चले जस्तो मात्रै भएको छ ।’ उनले अवसर खोज्ने बहानामा यहाँको समस्या समाधान गर्न प्रदेशमा छलफल नगरी माथि माथि कुदी कुदी हिँड्दा समस्या भएको बताए ।
उनले भने, ‘यो संघीयता भने केन्द्रलै चलाउने जस्तो मात्रै आएको छ । आफैंले चलाउने खालको संघीयता आएकै रहेनछ ।’
यस्तै प्रदेश आर्थिक शुन्यतामा जाने खतरा पनि बढ्दै गएको बताए ।