Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा गठबन्धनको सरकार बनाउन सभामुख त्यागेका गौतम बने माओवादीको केन्द्रीय सदस्य



विराटनगर : कोशी प्रदेशमा गठबन्धनको सरकार बनाउन सभामुख पद त्यागेका बाबुराम गौतमलाई नेकपा माओवादी केन्द्रले एकपछि अर्को अवसर दिएको दिएको छ ।

माओवादीले गौतमलाई पार्टीको केन्द्रीय सदस्य बनाएको स्रोतले जनाएको छ । गौतमसँगै सप्तरीका अशोक कुमार मण्डललाई पनि केन्द्रीय सदस्यमा थप गरिएको बताइएको छ ।

यसअघि कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुखबाट राजीनामा दिएका गौतमलाई माओवादीले आर्थिक मामिला तथा योजना मन्त्री बनाएको थियो ।

असार २१ गते सभामुख गौतमको छुट्टै हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्रीमा नियुक्त भएका थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतको पूर्ण इजलासले बदर गरिदिएको थियो । त्यसबेला थापालाई मुख्यमन्त्री बनाउन गौतमले प्रदेशसभा सदस्यको हैसियतमा हस्ताक्षर गरेका थिए । सर्वोच्चले सभामुखको उक्त कदम संविधान विपरीत भएको ठहर गरेपछि थापाको सरकार ढलेको थियो ।

त्यसपछि बहुमत पुर्याउन उनले आफ्नो पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार