Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले अध्यक्ष ओली र भीव रावलबीच भेटवार्ता



विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच भेटवार्ता भएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यालयमा उनीहरुले भेटवार्ता गरेका हुन् ।

एमालेको दशौं महाधिवेशनमा ओलीसँग अध्यक्षमा पराजित भएका रावल पार्टीमा अहिले भूमिकाबिहीन छन् ।

गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि अछामको पार्टी कमिटीले उम्मेदवारमा उनको एकल नाम सिफारिस गरेपनि उनले टिकट पाएनन् । त्यसपछि उनी निष्क्रिय बसेका थिए ।

केही महिनाअघि रावललाई पार्टी काममा फर्काउन भन्दै अध्यक्ष ओलीले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए ।

पौडेल नेतृत्वको टोली र रावलबीच वैशाख पहिलो साता एक चरणको कुराकानी भएपनि त्यसपछि पुनः कुनै छलफल भएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित समाचार