Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सरकारकै कारण संसद चल्न सकेन : एमाले सचेतक बर्तौला



काठमाडौं : नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारकै कारण सदन चल्न नसकेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले सरकारको अनुचित अडानका कारण संसद बैठक चल्न नसकेको बताए ।

आफ्नो पार्टीले संसदमा उठाएको मागलाई सम्बोधन नगरी सरकारले जबरजस्ती अनुचित अडान लिएका कारण संसद बैठक चल्न नसकेको उनले बताए ।

यस्तै उनले सुन तस्करीको जालोलाई अन्त्य गर्ने गरी आफ्नो पार्टी उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दा सरकारले बेवास्ता गरेका कारण संसद बैठक चल्न नसकेको बताउँदै एमाले संसदमा कुनै पनि गतिरोध उत्पन्न नहोस् भन्ने मान्यतामा दृढ रहेको बताए ।

उनले भने, ‘हामी यो संसद् चलाउन चाहन्छौं। संसद्मा कुनै पनि गतिरोध निर्माण नहोस् भन्ने चाहन्छौं। यो नेकपा एमालेको स्थायी मान्यता हो। सरकार यो संसद् अवरोध गर्न चाहन्छ। संसदको भूमिकालाई निस्तेज पार्न चाहन्छ। संसदलाई प्यारालाईज गर्न चाहन्छ। त्यसकारण प्रतिपक्षले संसद्मा उठाएको मागलाई नजरअन्दाज गर्ने, अनदेखा गर्ने, माग पूरा गर्दिन भनेर अनुचित अडान एक प्रकारले भन्ने हो भने सरकार चाहिँ जबरजस्ती उभिएको अवस्था छ। त्यसकारण सरकारको अनुचित र जबरजस्ती अडानका कारणले गर्दा यो संसद् आज पनि अगाडि बढन सकेन। हामीले सभामुखलाई भनेको छौं– सदन सुचारु गरौं। सरकारलाई पनि आग्रह ग¥यौ हामीले। हामीले उठाएको माग देशको हीतको पक्षमा छ। जनताको माग सम्बोधन गर्ने प्रकृतिको छ। र, यदी सरकार साँच्चै यो देशमा भ्रष्टाचारलाई समाप्त पार्न चाहन्छ। तस्करको स्वर्ग नेपाल बन्ने जे परिस्थिति निर्माण भएको छ। त्यसलाई अन्त्य गर्न चाहन्छ। तस्करको जालो अन्त्य गर्न चाहन्छ भने त प्रतिपक्षले उठाएको यो मागले त सरकारलाई सहयोग पुग्छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार