विराटनगर : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई नेकपा माओवादी केन्द्रले फिर्ता बोलाउने निर्णय गरेको छ ।
आइतबार काठमाडौंमा उपलब्ध पदाधिकारी र मन्त्रीहरूको बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाएर उक्त मन्त्रालय जनमत पार्टीलाई दिने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
जनमत पार्टीले यसअघि नै मन्त्रीको नाम सिफारिस गरिसकेको र प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नीको निधनका कारणले शपथ हुन सकेको थिएन ।
जनमतले अनिता देवीलाई सरकारमा पठाउने निर्णय गरिसकेको छ । मन्त्री मोदीले प्रधानमन्त्री दाहाल र पार्टीको निर्णय स्वीकार रहेको बैठकमा बताएका थिए ।