फाइल तस्बीर : अमनलाल मोदी
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेका छन् ।
मोदीलाई फिर्ता बोलाएर उनको ठाउँमा जनमत पार्टीकी अनितादेवी साहलाई मन्त्री बनाउने तयारी प्रधानमन्त्री प्रचण्डको छ ।
प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीकी अनितादेवीलाई आइतबार नै शपथ गराउने तयारी गरेको उनीनिकट स्रोतले बताएको छ।
मन्त्री मोदीलाई फिर्ता बोलाउने तयारीमा आफू रहेको जानकारी प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका शीर्ष नेताहरूलाई पनि दिएका छन् ।
स्रोतका अनुसार शपथका लागि राष्ट्रपति कार्यालयमा समेत अनौपचारिक खबर पठाइएको छ । सेतोपाटीबाट