शनिबार एमलेमा प्रवेश गरेकी कमला तुलाधर
विराटनगर : नेकपा एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव नेपाललाई आफ्ना नेता कार्यकर्ता टिकाउन मुस्किल पर्दै गएको छ । दुईवर्ष अघि माधव नेपालले पार्टी विभाजन गर्दा उनलाई साथ दिएकाहरु पछिल्लो समय धमाधम एमालेमा फर्किरहेका छन् ।
एसका पदाधिकारीदेखि केन्द्रीय सदस्य हुँदै विभिन्न जिल्लाका अध्यक्षहरु दलबलसहित एमालेमा फर्किरहेका छन् । नेकपा एसको तेस्रो बरियतामा रहेका मुकुन्द न्यौपाने, बरिष्ठ उपाध्यक्ष केदार न्यौपाने, केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज भागवत विश्वासी, स्थायी कमिटी सदस्य चुडामणी जंगलीलगायतका नेताहरुले एस पार्टीको भविष्य नरहेको बताउँदै केही महिनाअघि एमालेमा फर्किएका थिए ।
शनिबार आफूहरु माधवको भ्रममा परेर पार्टी विभाजनामा लागेको बताउँदै केन्द्रीय सदस्य कमला तुलाधर एमालेमा प्रवेश गरिन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने तुलाधर ३१ औं केन्द्रीय सदस्य हुन् । यसअघि ३० जना केन्द्र्रीय सदस्यहरु एमालेमा फर्किसकेका छन् । यस्तै १४ जिल्लाका अध्यक्ष पनि एमालेमा फर्किएका छन् । पालिका तहका कमितीबाट एमाले फर्किनेहरुको संख्या पनि उत्तिकै छ ।
नेकपा एसबाट एमालेमा को को फर्किए ?
पदाधिकारी : ३
वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी।
केन्द्रीय सदस्य : ३१
तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केशी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, डा. बालकृष्ण चापागाई, चुडामणि जंगली, तर्कबहादुर शाही, धनवहादुर रायमाझी, यदुवंश झा, हिराचन्द्र केशी, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोजकुमार यादव, शारदा स्वर्णकार, विना वुढाथोकी, चन्द्रलाल वुढा, कुलवीर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलवहादुर सुनार, कुर्मराज शाही, रिता रावल, कमला तुलाधर ।
जिल्ला अध्यक्षहरू : १४ जना
श्रीधर पोख्रेल–मकवानपुर, सुरमणि वेलवासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम, रमेश वस्नेत– रामेछाप, सुर्यचन्द्र न्यौपाने, गगन रावल, श्रीराम कार्की–तनहुँ, नरेश भण्डारी–गुल्मी, विष्णु देवकोटा– रसुवा, सुन्दर विश्वकर्मा– बारा, नन्दसिं बुढा– डोल्पा, हिरण्य भट्टराई– अछाम, आदिप्रसाद न्यौपाने –जुम्ला, भोलानाथ पोख्रेल – उपत्यका विशेष पेशागत जिल्ला कमिटी।