Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

केपी ओलीलाई भेटेपछि सुनिल शर्माले भने: ‘बा’लाई प्रधानमन्त्री बनाउने हो



विराटनगर : नेपाली काँग्रेसका सांसद सुनिल शर्माले नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

‘नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण’मा पक्राउ परेर रिहा भएका शर्मा ओली भेट्न आइतबार बिहान बालकोट पुगेका हुन् । सांसद शर्मालाई आइएससीको सर्टिफिकेट किर्ते गरेको आरोपमा बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको थियो ।

तर, त्यसको भोलिपल्ट म्याद थपको लागि अदालत लगिएका उनलाई अदालतले थुनामा राख्नुपर्ने भन्दै रिहा गर्न आदेश दिएको थियो । थुनामुक्त भएलगत्तै शर्माले मिडियाकर्मीमार्फत् ओलीलाई आफ्नो पक्षमा बोलेको धन्यवाद दिँदै आफ्नो बुवासरह भएको भन्दै प्रसंशा गरेका थिए ।

भेटवार्तामा समसामयीक विषयवस्तुमा संवाद भएको शर्माले जानकारी दिएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै शर्माले आफूहरु जस्तो जनताको पक्षमा बोल्ने सांसदहरुलाई सरकारबाटै खतरा भएको बताए ।

जनताको म्यान्डेड भनेको नेपाली कांग्रेस र एमाले मिलेर पालैपालो सरकार चलाउ भन्ने भएको उनले बताए । ‘पहिलो चरणमा कांग्रेसले एमालेसहितको सरकार बनाउनुपर्छ । त्यसपछि अर्कोको पालि आउँछ,’ उनले भने, ‘बालाई पनि प्रधानमन्त्री बनाउने हो, शेरबहादुर दाईलाई पनि प्रधानमन्त्री बनाउने हो, शेखर कोइराला, गगन थापा सबै बन्दै जान्छन् ।’

प्रतिक्रिया
सम्बन्धित समाचार