Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

भोजपुरमा युवा संघको वृक्षरोपण कार्यक्रमलाई प्रदेश सांसद राईको साथ



विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले भोजपुरमा “एक युवा पाँच विरुवा” अभियान सुरु गरेको छ ।

भोजपुर नगर कमिटीले शनिबार वडा नम्बर १२ स्थित तीनभारा र सिढी सरसफाइसँगै वृक्षरोपण अभियान सुरु गरेको हो ।

अब पालिकाका विभिन्न स्थानमा हरेक हप्ताको शनिबार युवा संघले वृक्षरोपण र सरसफाइ गर्ने भएको छ ।

युवा संघको उक्त कार्यक्रमलाई नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य एवम् प्रदेश सांसद सिर्जना राईले साथ दिएकी छिन् ।

वृक्षरोपणमा सहभागी भएर वृक्षरोपणसँगै उनले २५ थान भोलेन्टियर ड्रेस सहयोग गरेकी हुन् । आजको कार्यक्रममा एमाले भोजपुर जिल्ला अध्यक्ष शरणकुमार राईको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार