विराटनगर : पछिल्लो समय देशभर डेङ्गु संक्रमणको दर बढ्दो क्रममा छ । मोरङमा पनि दिनप्रतिदिन डेङ्गु रोगका बिरामीको संख्या बढिरहेको छ । मोरङमा असारयता करिब ९ सय डेङ्गुका बिरामी भेटिएका छन्।
विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् ।
यसैगरी लेटाङ, मिक्लाजुङ, केराबारी, कानेपोखरी, सुनवर्षी र बेलाबारी पालिकामा पनि यो रोगका सङ्क्रमित देखापरेका छन् ।
मोरङको १७ पालिकाकामध्ये सात पालिकामा यो रोगको बिरामी देखिएको छ । तर, डेङ्गुका कारण कसैको मृत्यु भने भएको छैन् ।