विराटनगर : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी नेता वर्षमान पुनबीच भेटवार्ता भएको छ ।
भेटका क्रममा कोशी प्रदेशमा वामपन्थी सरकार बनाउने विषय र प्रदेशको राजनीतिक अवस्था बारे छलफल भएको कार्की निकट स्रोतले बतायो ।
एमालेका एक नेताका अनुसार छलफलका क्रममा प्रदेशमा आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न कार्कीले पुनसँग सहयोग मागेका थिए । जवाफमा पुनले वामपन्थी मिलेर सरकार गठन गर्नु सकारात्मक भएको र पार्टीमा छलफल गर्ने बताएका थिए ।
कोशीमा माओवादी संसदीयभित्र पुन समूहका सांसदको बहुमत छ । यद्यपि माओवादी संसदीय दलको नेता भने जनार्दन शर्मा समूहका इन्द्रबहादुर आङ्बो छन् ।