नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल
विराटनगर : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङका अध्यक्ष सरोज पोखरेल निलम्बित भएका छन् ।
सोमबार उनलाई केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले निलम्बन गरेको विज्ञप्ति जारी गरेका छन् ।
पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. महेश दाहालमाथि निवासमै पुगेर पोखरेलको समूहले कालोमोसो दलेको थियोे ।
पोखरेललाई कालोमोसो दलेको आरोपमा प्रहरीले पक्राउ समेत गरेको थियो ।