विराटनगर : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कोशी प्रदेशका सभामुख बाबुराम गौतमबीच भेटवार्ता भएको छ । उनीहरुबी आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
कोशीमा सरकार निर्माण गर्न निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सत्ता गठबन्धनलाई साथ नदिने भएपछि प्रचण्डले सभामुख गौतमलाई राजीनामा गर्न लगाउने तयारी गरेका थिए ।
तर, आजको छलफलमा गौतमले राजीनामा नदिने आशय व्यक्त गरेको बालुवाटार स्राेतले जनाएको छ । सभामुखले राजीनामा नदिँदा र राप्रपाले सहयोग नगर्दा सरकार बनाउन मुस्किल हुने देखेपछि प्रचण्ड जसरी पनि सभामुखलाई राजीनामा गराउन लागि परेको स्रोतको भनाइ छ ।
एमालेलाई जसरी पनि सरकारको नेतृत्व गर्न नदिने अडानमा रहेको गठबन्धनका लागि सभामुखको राजीनामा मात्रै अन्तिम विकल्प हो । तर, प्रचण्डसँगको भेटमा गौतमले राजीनामा दिनेबारे प्रष्ट कुरा नराखेको बताइएको छ ।