Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

सत्ताधारी नेताहरूले बल प्रयोग गरेर कोशीमा संविधानको ठाडो उल्लंघन गरे : भट्टराई



विराटनगर : नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कोशी प्रदेशमा केन्द्रका सत्ताधारी नेताहरूले बल प्रयोग गरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले प्रदेशमा सरकार बनाउन संविधान उल्लंघन गर्दा सर्वोच्च अदालतले संविधान र राजनैतिक नैतिकताको रक्षा गर्न योगदान पुर्याएको भन्दै अदालतलाई धन्यवाद दिएका छन् ।

उनले अगाडि भनेको छन्, ‘पृना शाहले ‘मेरा साना दुःखले आर्ज्याको मुलुक हैन यो..सबैलाई चेतना भया’ भने झैं हामीलाई पनि भन्न मन लाग्छ-“हाम्रा साना दुःख त्याग र वलिदानले आर्ज्याको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान हैन यो..अहिलेका सत्ताधारी नेताहरूलाई चेतना भया’!’

यस्तै उनलेे संविधानका निर्माताहरू नै आफ्नो छुद्र दलीय/गुटीय/निजी स्वार्थनिम्ति संविधान मिच्छन् र मिच्न लगाउॅछन् भने संविधानको रक्षा कसले गर्छ? भन्दै प्रश्न गरेका छन् ।

‘रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ? एक पटक आफ्नो सरकार नबने नबनोस्,मध्यावधि चुनाव भए होस् तर संविधान र लोकतन्त्र नमरोस् भन्न किन नसकेको?आफु र आफ्नो दल हारेर पनि लोकतन्त्र,संविधान,देशले जितोस् भन्ने राजनेताहरूको जन्म कहिले होला?’ भट्टराईको प्रश्न छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार