विराटनगर : कोशी प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले प्रदेशको स्थायित्वको लागि सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीबाट पदमुक्त गरेपछि चापागाईंले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले कोशी प्रदेशको स्थायित्व र विकासका लागि सहमतिको सरकार बनाउन आवश्यक रहेको बताए ।
चापागाईं प्रदेशमा माओवादीका प्रभावशाली नेता मानिन्छन् । उनी यसअघि एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए ।