Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

अब हिक्मत कार्की कोशीको कामचलाउ मुख्यमन्त्री !



विराटनगर : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेसँगै अब कामचलाउ सरकारको जिम्मा पुनः हिम्मतकुमार कार्कीले पाएका छन्।

अब साउन १७ गतेसम्मका लागि कार्की मुख्यमन्त्रीमा पुनर्वहाली भएका हुन् ।

वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले उद्धव थापाको नियुक्ति प्रक्रिया जुन बिन्दूबाट शुरु भएको हो सो देखिकै सबै प्रक्रिया उत्प्रेषणको आदेशबाट बदर गरिदिएकाले सात दिनका लागि कार्की स्वतः मुख्यमन्त्रीमा पुनर्वहाली भएको बताए ।

यसबारे सर्वोच्चले प्रष्ट नभने पनि सुरु प्रक्रियाबाटै जानू भनेकाले कार्की पुनर्वहाली भएका हुन् ।

यस्तै हिक्मतकुमार कार्कीले पनि आफू एक साताका लागि मुख्यमन्त्रीमा पुनर्वहाली भएको जानकारी आएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार