विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज फैसला आउने सम्भावना रहेको छ ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको थियोे ।
इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला सुनाउने भएको हो। हिजाे दिउँसो ४ बजेसम्म बहस भएपछि मुद्दा बिहीबारका लागि पनि हेर्दाहेर्दैमा राखिएको थियाे।