Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

पत्रकार कुट्ने रास्वपाका जिल्ला संयोजक निलम्बित



विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बित गरेको छ । खड्काले पत्रकारलाई कुटपिट गरेको आरोप लागेपछि उनलाई निलम्बन गरिएको हो ।

रास्वपाका महामन्त्री मुकुल ढकालका अनुसार रास्वपाको अनुशासन समितिले स्पष्टीकरण सोध्दा चित्तबुझ्दो जवाफ नपाएपछि पदबाट निलम्बन गरिएको हो ।

निलम्बनमा परेका खड्का होटेल होलिडे इनका सञ्चालकसमेत हुन् । खड्काले स्थानीय रेडियो खप्तड आवाज र नेपाल एंगल अनलाइनमा कार्यरत पत्रकार सुनिल मण्डेललाई सोमबार निजी निवासबाटै अपहरण गरी बन्दी बनाएर कुटपिट गरेको आरोप लागेको थियो ।

मण्डेललाई कुटपिट गरिएको विषयमा नेपाल पत्रकार महासंघ बझाङ शाखा, प्रेस चौतारी नेपाललगायतले विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेपछि रास्वपामाथि कारबाहीको दबाब बढेको थियो ।

कांग्रेसबाट विवेकशील पार्टी हुँदै रास्वपा प्रवेश गरेका खड्का पछिल्लो समय संगठन विस्तारमा लागेका थिए । 

प्रतिक्रिया
सम्बन्धित समाचार