विराटनगर : धनकुटाको धनकुटा नगरपालिकाका कार्यपालिका सदस्यहले आफ्नो सिफारिसमा केही रकम खर्च गर्न पाउने भएका छन् ।
नगरपालिकाले कार्यपालिका सदस्यहरुको लागि तीन लाख ५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । उक्त रकम उनीहरुले आफ्नो मातहतबाट खर्च गर्न पाउनेछन् ।
नगरकार्यपालिका सदस्यले आफू मार्फत वडामा आवश्यक्ता अनुसार पुर्वाधार तथा प्रविधिको क्षेत्रमा खर्च गर्न सक्ने मेयर चिन्तन तामाङले जानकार दिए । उनका अनुसार उनीहरुले उक्त कार्यक्रम वडाबाट पेस गरी गर्नुपर्ने छ ।
नगरपालिकाले अघिल्लो वर्ष तीन लाख रुपैयाँका दरले बजेटको व्यवस्था गरेको थियो । यसपालि ५० हजार थप गरिएको हो ।
धनकुटा नगरपालिकामा ८ जना नगरकार्यपालिका सदस्य छन् ।