Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विद्यालयको अनुगमनमा कड्किए मेयर कोइराला



विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरका सामुदायिक विद्यालयहरुको अनुगमनमा जोड दिएका छन् । कोइरालाले केही दिनयता विभिन्न विद्यालयहरुको अनुगमन गरिरहेका छन् ।

सोही क्रममा बिहीबार उनले विराटनगर–६ सरोचियास्थित शिक्षा सदन माविको अनुगमन गरेका छन् ।

वडाध्यक्ष हरिशचन्द्र सहनी, शैक्षिक महाशाखाका कर्मचारी र सचिवालयको टिमसहित विद्यालय पुगेका कोइरालाले विद्यार्थीहरुसँग अन्तरक्रिया गर्दै प्रशासनसँग आक्रमक रुपमा प्रस्तुत भएका थिए । शिक्षकहरुले पूरै समय नपढाउने, कक्षा कोठामा बत्ती नभएको, छात्राका लागि छुट्टै शौचालय नभएको, सेनिटरी प्याड राख्ने डस्बिन नराखेको, शिक्षकहरुले होमवर्क नदिने गरेको पाइएपछि कोइराला कड्किएका हुन् ।

विद्यालयका शिक्षकहरुसँग आक्रमक शैलीमा प्रस्तुत भएका कोइरालाले दुई महिनाभित्र विद्यालयमा सुधार ल्याउन निर्देशनसमेत दिएका छन् ।

कोइरालाले विद्यालयका कर्मचारीसँग आक्रमण रुपमा प्रस्तुत हुँदै गरेको कुराकानीः
१६ वट सेनिटरी प्याड दिनु भनेको छ । एउटामात्र दिएर पठाएको छ भनेर विद्यार्थीले भनेका छन् । कसले रेस्पोन्सिविलिटी लिने ? हेडमास्टरले लिने सबै कुराको ? तपाईंहरुको रेस्पोन्सिविलिटी केही छैन् ? अनि समस्या बताउनु भन्यो आफ्नो आफ्नो कुरा मात्रै राखेको छ । विद्यार्थीको समस्याका कुरा छैन् । थन्किएर बस्नुस् न त घरमा । के काम छ तपाईंहरुको पढाउनु हुन्न भने । अचम्म छ । अचम्म लाग्छ मलाई तपाईंहरुको कुरा सुनेर । यस्तो पनि कुरा हुन्छ भन्या । हामीलाई यत्रो चिन्ता छ । विद्यार्थीको राम्रो होस्, विद्यार्थीको भलो होस् भनेर । तपाईंहरु पनि त्यही गर्न विद्यालय आउनुभएको होइन ? हामीले गर्नुपर्ने कि तपाईंहरुले ? अनि उसले उसलाई देखायो । उसले उसलाई देखायो ।

गर्नुस्, न पढाइमा तपाईंहरु कम्पिटिसन । हेरौ हामी पनि विद्यार्थी हामीले चाहिँ अब्बल निकाल्यौ भनेर अनि घमण्ड गर्नुस् न तपाईंहरु । अनि गर्नुस न तर्क यहाँ बसेर । खै त तपाईंहरुको तर्क ? नागेश कोइरालालाई चिन्या छु । भीम पराजुलीलाई चिन्या छु । शेरबहादुर देउवा चिनेको छु । मनमोहन अधिकारी चिनेको छु । जसुकैलाई चिन्नुस् न तपाईंहरु । तपाईंहरुमात्र चिन्नुहुन्छ ? हामी चिन्दैनौं ? पढाउन चाहिँ साँढे बाइस । खाली बसेर फलानालाई चिनेको छु । भनेर बसेको छ । हामीलाई त राम्रो टिचर चाहिया हो नि । हामीलाई फलानो मान्छे चिन्ने, चिलानो मान्छे चिन्ने मान्छे चाहिएको हो र? राम्रो गर्नुस् न । राम्रो त गरिहाल्छौ नि हामी पनि ।

खानेपानी छैन् त्यो विषयमा कोही बोल्दैन । बोल्छ कसैले ? विद्यार्थीलाई के भइराछ, चौरीमा चाहिँ पानी जमिराछ । माटो हाल्नुपर्छ भनेर कसैले केही नभन्ने तपाईंहरु ? अनि खाली बसेर आफ्नो आफ्नो द्वन्दको विषयमा मात्रै बताउने । मैले फलानो गरे । मैले चिलानो गरे । मैले ढिस्कानाृे गरे । मै सर्वैसवा तपाईंहरु । हामीले पनि स्कुलमा पढेको होला नि । तपाईंहरु जस्तै शिक्षकले पढाएर हुर्केर यत्रो ठूलो भा होला नि म पनि । तपाईंहरुले मात्र, यही गर्ने त ? तपाईंहरुको द्वन्द आफ्नो ठाउँमा होला । विद्यार्थीलाई त राम्रोसँग पढाइदिनुस् । कक्षा कोठामा गइसकेपछि होमवर्क दिनुस् । होमवर्क चेक पनि गर्ने गर्नुस् । पढेको छैनन् । जानेको छैनन् भने किन जानेन भनेर साृेध्ने गर्नुस् र सिकाउने गर्नुस् । पढाउनुहुन्छ पढाउनुहुन्छ, सोध्दापनि सोध्नुहुन्न हिँडिहाल्नुहुन्छ । तपाईंहरुले विद्यार्थीलाई पढाउनेतिर ध्यान दिनुस् न । अरु व्यवस्थापनको पार्ट त हेडमास्टरको होला । हेडमास्टरले गर्छ नि । हेडमास्टरले गरेन भने निकाय छ त हाम्रो आउनुस् न भन्नुस् । हामीले सुधार गर्ने कुरामा सुधार गरौला नि । खाली कोठमा बस्ने दोहोरी खेल्ने तपाईंहरु ?

विल्डिङ पुगेन विल्डिङ माग्नुस्, पंखा छैन् पंखा माग्नुस, विजुली पुगेर विजुली माग्नुस, शौचालय भएर शौचालय माग्नुस्, सेनिटरी प्याड भएर सेनिटरी प्याड माग्नुस्, चौर पुरिदिनु भन्नुस् हामी बनाउन तयार छौं । तर, पढाउने काम त तपाईंहरुको हो नि । हामीले आएर पढाउँछौ त यहाँ ? हामीले पढाउँछौ त ? खै त जवाफ नै दिनुहुन्न तपाईंहरु । हामीले पढाउने हो नि तपाईंहरुले ? खै त…. ।

प्रतिक्रिया
सम्बन्धित समाचार