विराटनगर : नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य रामकुमार खत्री मन्त्री बन्ने भएका छन् ।
कोशीका मुख्यमन्त्री उद्धव थापा निकट स्रोतका अनुसार आज नेकपा माओवादी केन्द्रका जीवन आचार्यसँगै खत्री मन्त्री बन्ने छन् ।
उद्धव थापाले आज तीन जनासम्म मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । दुई जना माओवादी र एक जना कांग्रेस सांसदलाई थापाले मन्त्री बनाउन लागेका हुन् ।
उदयपुर क्षेत्र नम्बर २ को प्रदेशसभा (२) बाट निर्वाचित भएका खत्री कांग्रेसका शेखर कोइराला समुहका नेता हुन् । प्रदेशमा उनी कोइराला समूहको तर्फबाट मन्त्री बन्न लागेका हुन् ।
‘माओवादीबाट जीवन आचार्यको मात्रै नाम प्राप्त भएको छ, मुख्यमन्त्री ज्युले दुई जनाको नाम माग्नुभएको छ,’ स्रोतले भन्यो, ‘कांग्रेसबाट रामकुमार खत्रीको नाम छ । माओवादीले दुई जनाकै नाम पठाएन भने आज जीवन आचार्यको मात्रै शपथ हुन पनि सक्छ ।’
यसअघि शुक्रबार मुख्यमन्त्रीको शपथ लिएका थापाले कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जगेबुलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।